सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक « Khabarhub

सीजी ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ फ्यान सार्वजनिक


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीलाई मध्यनजर गर्दै सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा नयाँ र शक्तिशाली ‘हाइ-पर्फोमेन्स’ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ । 

कम्पनीले आफ्नो प्रिमियम सिरिज सीजी मेरिडियाअन्तर्गत अत्याधुनिक र शक्तिशाली मोडल CGMRSF18Z05 बजारमा ल्याएसँगै मेरिडिया सेग्मेन्टमा अब विकल्पहरूको संख्या ३ पुगेको छ ।

कम्पनीका अनुसार प्रिमियम मेरिडिया सिरिज (३ मोडल): अत्याधुनिक प्रविधि र विलासी अनुभव खोज्ने ग्राहकका लागि सीजी मेरिडिया अन्तर्गत हालै सार्वजनिक नयाँ मोडलसहित ३ वटा उच्चस्तरीय फ्यानहरू उपलब्ध छन्, जसले ‘स्मार्ट’ फिचर र प्रिमियम लुक्सको उत्कृष्ट समिश्रण प्रदान गर्दछन् ।

सीजी स्ट्यान्ड फ्यान रेन्ज (९ मोडल): आम उपभोक्ताको दैनिक आवश्यकता र किफायती मूल्यमा उच्च कार्यक्षमता सुनिश्चित गर्न ९ वटा विभिन्न भेराइटीका स्ट्यान्ड फ्यानहरू उपलब्ध छन्। यो रेन्जले घरदेखि कार्यालयसम्मका हरेक आवश्यकतालाई पूरा गर्दछ।

शक्तिशाली फर्राटा फ्यान (३ मोडल): औद्योगिक प्रयोग वा ठूला हलहरू जहाँ उच्च क्षमताको हावाको बहाव आवश्यक पर्छ, त्यहाँका लागि ३ वटा शक्तिशाली ‘फर्राटा फ्यान’ उपलब्ध छन् ।

 
कम्पनीका अनुसार नयाँ CGMRSF18Z05 का मुख्य विशेषताहरूमा

१. रोबस्ट एण्ड रिलायबल मोटर : लामो समयसम्म निरन्तर चल्न सक्ने अत्यन्तै मजबुत र भरपर्दो मोटरको प्रयोग गरिएको छ।

२. उच्च गतिको ११५० RPM: यस फ्यानमा ११५० RPM को उच्च गति रहेको छ, जसले प्रचण्ड गर्मीमा पनि तुरुन्तै शीतलता र राहत प्रदान गर्न सक्षम छ ।

३. १८ इन्चको स्विप : १८ इन्चको फराकिलो स्विपले गर्दा ठूला कोठा वा हलहरूमा हावा समान रूपमा फैलिन्छ।

४. ५ वटा एल्युमिनियम ब्लेड : एयरोडाइनामिकली डिजाइन गरिएका ५ वटा एल्युमिनियम ब्लेडले हावालाई तीव्र र प्रभावकारी रूपमा प्रवाह गर्छन्।

५. ४-स्पीड कन्ट्रोल : उपभोक्ताले आफ्नो सहजता अनुसार ४ वटा फरक गतिमा हावाको प्रवाह नियन्त्रण गर्न सक्नेछन्।

६. वाइड एंगल ओसिलेसन : फराकिलो कोणमा घुम्ने सुविधाले गर्दा कोठाको हरेक कुनामा हावा पुग्दछ।

७. २ वर्षको मोटर वारेन्टी : गुणस्तरमा पूर्ण भरोसा प्रदान गर्न सीजीले यसको मोटरमा २ वर्षको विशेष वारेन्टी उपलब्ध गराएको छ ।

‘हामी केवल सामान बेच्दैनौँ, ४० वर्षदेखिको भरोसा पनि बेच्छौँ,’ सिजी इलेकट्रोनिक्सका एक अधिकारीले बताए ।  

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १२ : १४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि