वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर  « Khabarhub

वडाले दियो २८ कृषकलाई हाते ट्याक्टर 


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडानम्बर-६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । 

वडाको ५० प्रतिशत अनुदानमा चालु वर्षको खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत यहाँका खेतीकिसानमा सक्रिय २८ जना कृषकलाई सोमबार एक कार्यक्रमका बिच हाते ट्याक्टर वितरण गरिएको मेलुङ गाउँपालिका- ६ का वडाअध्यक्ष कुसुम लामाले जानकारी दिए । 

वडाअध्यक्ष लामाका अनुसार वडाले चालु आवको खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गतको ५ लाख बजेटले २८ जना यहाँका विभिन्न बस्तीका कृषिकर्ममा आबद्ध कृषकलाई परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो ।

वडा कार्यालयको ‘कृषि तथा खेती प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत यहाँका देविथान, हिले तामाङ गाउँ, हिले थापागाउँ, तीनपिल्ले लगायतका बस्तीका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष अध्यक्ष लामाले जानकारी दिए ।

वडा कार्यालयले कृषकका माग र आवश्यकतालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको उनले बताए ।

पछिल्ला दिनहरूमा गाउँघरमा परम्परागत  गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्याक्टर दिएपछि राहत मिलेको स्थानीय कृषकहरूको बनाइरहेको छ । 

‘गोरु पाल्नै छाडे, हलो जुवा बनाउने सीप पनि हराएर जान थालेको छ, महिलाहरूले समेत जोत्न मिल्ने भएकाले हाते ट्याक्टर उपयोगी छ, हिउँदे र बर्खे खेती लगाउन हाते ट्याक्टरबाट सहज हुने हुँदा कृषकका मागलाई सम्बोधन गर्दै हाते ट्याक्टर वितरण गरिएको वडाले जनाएको छ ।

मेलुङ मात्रनभएर पछिल्लो समय दोलखा जिल्लाभर  खेती किसानीको काममा परम्परागत रुपमा गोरुले खेतबारी जोत्ने चलन फाट्टफुट्ट बाहेक हराउँदै गएको छ भने हाते ट्याक्टरलगायतका यान्त्रिक उपकरणको प्रयोग बढ्दो छ ।

हाते ट्याक्टरले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने भएकाले समयको बचत हुने र गोरु पाल्नुपर्ने झन्झट नहुने कृषकहरूको भनाई रहेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ५० बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई