‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’ « Khabarhub

‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको बिदा उपभोग गर्ने गरी प्रदर्शनमा आएका दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’को व्यापार कमजोर देखिएको छ ।

‘१२ गाउँ’ ब्लकबस्टर भएको रापतापमा नायक विराज भट्टले ‘राम नाम सत्य’ साइन गरेका थिए । यो फिल्मको सुरुवाती १६ दिनको व्यापार तीन करोड ३१ लाख छ । अर्थात् व्यापार मध्यम भन्दा पनि कम छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्नका लागि एक लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएको छ ।

एक्सन फिल्मको लागि यो अवधिमा उक्त व्यापार निकै कम हो । अर्थात्, हलबाटै फिल्मको लगानी उठ्ने सम्भावना करिब–करिब अन्त्य भएको छ ।

तीन करोडमा बनेको फिल्म लगानी उठ्न कम्तीमा आठ करोडमाथि ग्रस कलेक्सन हुनुपर्छ । ‘राम नाम सत्य’ तीन करोडमै धर्मराइरहेको छ ।

अर्को फिल्म ‘पहाड’को व्यापार झन् न्यून छ । यसले ६१ लाख ७७ हजार ग्रस कलेक्सन गरेको छ । नायक विपिन कार्की स्टारर यो फिल्म हेर्न १९ हजार ५३९ वटा टिकट बिक्री भएको छ ।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’को निर्देशक माइकल चन्द हुन् । तुलसी घिमिरे लामो समयपछि ‘पहाड’बाट निर्देशनमा फर्किएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ४४ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर