‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’ « Khabarhub

‘राम नाम सत्य’लाई हलबाट लगानी उठान मुस्किल, फ्लप भयो ‘पहाड’


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको बिदा उपभोग गर्ने गरी प्रदर्शनमा आएका दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’को व्यापार कमजोर देखिएको छ ।

‘१२ गाउँ’ ब्लकबस्टर भएको रापतापमा नायक विराज भट्टले ‘राम नाम सत्य’ साइन गरेका थिए । यो फिल्मको सुरुवाती १६ दिनको व्यापार तीन करोड ३१ लाख छ । अर्थात् व्यापार मध्यम भन्दा पनि कम छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्नका लागि एक लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएको छ ।

एक्सन फिल्मको लागि यो अवधिमा उक्त व्यापार निकै कम हो । अर्थात्, हलबाटै फिल्मको लगानी उठ्ने सम्भावना करिब–करिब अन्त्य भएको छ ।

तीन करोडमा बनेको फिल्म लगानी उठ्न कम्तीमा आठ करोडमाथि ग्रस कलेक्सन हुनुपर्छ । ‘राम नाम सत्य’ तीन करोडमै धर्मराइरहेको छ ।

अर्को फिल्म ‘पहाड’को व्यापार झन् न्यून छ । यसले ६१ लाख ७७ हजार ग्रस कलेक्सन गरेको छ । नायक विपिन कार्की स्टारर यो फिल्म हेर्न १९ हजार ५३९ वटा टिकट बिक्री भएको छ ।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’को निर्देशक माइकल चन्द हुन् । तुलसी घिमिरे लामो समयपछि ‘पहाड’बाट निर्देशनमा फर्किएका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ४४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग