सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त नियुक्त « Khabarhub

सशस्त्र प्रहरीको महानिरीक्षकमा नारायणदत्त नियुक्त


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।  

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै बैठकले सुरक्षित मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन निर्णय गरेको छ भने भने भन्सार नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय भएको पोखरेलले बताए ।

उनले वर्तमान सरकारको एक महिनामा भएका कामहरू लक्ष्य अनुसार नै सम्पन्न भएको भन्दै अव सय दिनमा गर्ने कामको दिशामा अघि बढेको उल्लेख गरे । त्यस्तै प्रवक्ता पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनः भाडा सम्झौता हुने भएकाले क्रिकेट मैदान भत्कने अवस्था नआउने बताए । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको छलफलका क्रममा समेत मैदान भत्काउने नभई भाडा सम्झौताको सकिएको अवधिलाई थप गर्ने विषयका कुरा भएको उनले प्रस्ट पारे । 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३८ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर