नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी « Khabarhub

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको हो ।

अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।

०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि एक पद बढुवा भएर उनी डीएसपीमा समायोजित भए ।

सशस्त्र महानिरीक्षकमा उनकै ब्याचका एआईजी वंशीराज दाहाल र त्यसपछिका गणेश ठाडा आकांक्षी थिए ।

तर, बालेन्द्र शाह नेतृत्वको सरकारले वरिष्ठता र ज्येष्ठताका आधारमा पौडेललाई आईजीपी बनाएको हो ।

पौडेल यसअघि ६ जेठ २०७९ मा एआईजीमा भए । उता दाहाल पौडेलभन्दा ५ महिनापछि असोज २८ मा एआईजी भए ।

अबको प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहँदा पौडेलको कार्यकाल करिब २३ महिनाको हुने पक्का छ ।

नियमावलीमा वर्तमान व्यवस्था संशोधन भएर ३२ वर्षे उमेर हद कायम भएमा उनको कार्यकाल थप दुई वर्ष लम्बिने निश्चित छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ०६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी