महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो « Khabarhub

महेश बस्नेतकी श्रीमतीको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगियो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतको हमलामा परेकी शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । माइतीघर मण्डलामा धर्ना बसिरहेका बेला दलबलसहित आएकी अम्बिकाले शोभामाथि आक्रमण गरेकी थिइन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै शोभाले अहिले आफू ट्रमा सेन्टरमा रहेको जानकारी दिएकी हुन् । ‘महेश बस्नेत अपराधीको स्वास्नी र नेकपा एमालेका कार्यकर्ता ले ममाथि आक्रमण गरेको छ ।’ उनले लेखेकी छिन् ।

‘म माइतीघर मण्डलामा बसिरहेको बेला न्यायप्रेमी पत्रकार र आमाबुवा दाजुभाई दिदीबहिनीलाई अनुरोध गर्न चाहन्छु। मेरो ज्यान मार्ने आएका त्यो जमातलाई प्रहरी परिसर प्रमुख एमाले निकट भएको कारणले मलाई शङ्का छ। म यतिबेला ट्रामा सेन्टरमा छु।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

यसअघि अम्बिा र शोभाबीच हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : २७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा