माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल « Khabarhub

माडीको पर्यटन प्रवर्द्धनका लागि ‘एक्सप्लोर माडी’ पोर्टल


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको माडी उपत्यकाको समग्र जानकारी उपलब्ध गराउने उद्देश्यले माडी नगरपालिकाले ‘एक्सप्लोर माडी’ नामक पोर्टल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीका अनुसार उक्त पोर्टलमा माडीका पर्यटकीय सम्पदाबारे विश्वका विभिन्न भाषामा अनलाइन अनुवादसहित जानकारी उपलब्ध गराइएको छ । 

पोर्टलमार्फत माडीका पर्यटकीय स्थल, धार्मिक क्षेत्र, प्राकृतिक आकर्षण, होमस्टे तथा फार्म स्टे, यातायातलगायतका विवरण सहज रूपमा प्राप्त गर्न सकिनेछ । साथै पोर्टलमा माडीमा हाल भइरहेका गतिविधि, मेला–महोत्सव तथा आगामी कार्यक्रमसम्बन्धी जानकारीसमेत समावेश गरिएको उनले बताए ।

उनका अनुसार पोर्टलमा एआई प्रणालीसमेत समावेश गरिएको छ, जसमार्फत प्रयोगकर्ताले माडीबारे प्रत्यक्ष संवाद गर्न सक्नेछन् । 

‘नगरपालिकाले एक वर्षदेखि यसको तयारी गर्दै आएको थियो र नयाँ वर्षदेखि सञ्चालनमा ल्याइएको हो,’उनले भने, ‘हाल हामीले माडीका विभिन्न स्थानमा क्यूआर कोड राख्ने काम तथा होमस्टे सञ्चालक र अन्य सरोकारवालालाई पोर्टलसम्बन्धी जानकारी गराउने काम गरिरहेका छौँ ।’

उनले यो पोर्टल माडीको समग्र अभिलेखका रूपमा रहने बताए।

यहाँ हाल सात वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । पर्यटन व्यवस्थापन र प्रवद्र्धनलाई सहज बनाउन माडी नगरपालिकाले सबै होमस्टेलाई युजर आइडी र पासवर्ड प्रदान गरेको छ । 

यसै प्रणालीमार्फत होमस्टे सञ्चालनलाई डिजिटल रूपमा व्यवस्थित गर्ने प्रयास गरिएको हो । सो प्रणालीमार्फत पर्यटकले कोठा उपलब्धता, खाना–खाजाको दर, विभिन्न प्याकेजसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, सिधा सम्पर्कमार्फत बुकिङ तथा गुनासो राख्न सकिनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ३५ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर