जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान « Khabarhub

जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खलामा पर्यटकीय गन्तव्य ‘जुगल एभरेष्ट भ्यु पोइन्ट’ पहिचान गरिएको छ ।  

सिन्धुपाल्चोक जुगल गाउँपालिका र जुगल गाउँपालिका पर्यटन विकास समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  ५,५७० मिटर उचाइको उक्त नयाँ ‘ट्रेकिङ पिक’ को सफल आरोहण सम्पन्न भएको जनाएको हो ।

लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको जुगल गाउँपालिकाले जनाएको छ ।

जुगल एभरेष्ट भ्यु पोइन्टबाट सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला ५ वटा हिमालहरू चोयु, मकालु, ल्होत्से र शिशपाङ्माको प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना उजागर गरेको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए । 

यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । उक्त गन्तव्य पहिचानका लागि चार सदस्यीय टोली यही वैशाख ३ गते त्यहाँ पुगेको थियो । 
 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : १७ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा