ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै « Khabarhub

ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आइपुगेकी नायिका सनिशा भट्टराई छोटो समयमै ठूलो ब्यानरको नोटिसमा परेकी छन् ।

सनिशाले दीपक–दीपाको टिमले बनाउन लागेको फिल्म ‘छ माया छपक्कै २’मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी हुन् ।

‘छ माया छपक्कै’को नायिका केकी अधिकारी हुन् । सिक्वेलमा पनि उनले निरन्तरता पाएकी हुन् ।

सिक्वेलको छायाङ्कन सोमबारबाट सुरु भएको कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

दीपक–दीपाको टिमले बनाउने फिल्ममा नायिका को रहन्छिन् ? भन्ने सधैँ चर्चाको विषय बन्छ । उनीहरूको ब्यानर ‘आमा सरस्वती मुभिज’ शत प्रतिशत हिट छन् । यो टिममा नायिका मात्रै परिवर्तन छन् । अन्य कलाकारहरू यथावत नै रहेने गरेका छन् ।

०८१ सालमा दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’मा उनले ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । यो छोटो समयमै उनी ठूलो ब्यानरको रोजाइ भएकी हुन् ।

शतप्रतिशत हिट फिल्म दिने ब्यानर र टिममा जोडिनुलाई सनिशाको व्यवसायिक प्रगतिका रुपमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : ३८ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर