ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै « Khabarhub

ठूलो ब्यानरको नोटिसमा सनिशा, ‘छ माया छपक्कै २’ गर्दै


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आइपुगेकी नायिका सनिशा भट्टराई छोटो समयमै ठूलो ब्यानरको नोटिसमा परेकी छन् ।

सनिशाले दीपक–दीपाको टिमले बनाउन लागेको फिल्म ‘छ माया छपक्कै २’मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी हुन् ।

‘छ माया छपक्कै’को नायिका केकी अधिकारी हुन् । सिक्वेलमा पनि उनले निरन्तरता पाएकी हुन् ।

सिक्वेलको छायाङ्कन सोमबारबाट सुरु भएको कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

दीपक–दीपाको टिमले बनाउने फिल्ममा नायिका को रहन्छिन् ? भन्ने सधैँ चर्चाको विषय बन्छ । उनीहरूको ब्यानर ‘आमा सरस्वती मुभिज’ शत प्रतिशत हिट छन् । यो टिममा नायिका मात्रै परिवर्तन छन् । अन्य कलाकारहरू यथावत नै रहेने गरेका छन् ।

०८१ सालमा दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’मा उनले ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । यो छोटो समयमै उनी ठूलो ब्यानरको रोजाइ भएकी हुन् ।

शतप्रतिशत हिट फिल्म दिने ब्यानर र टिममा जोडिनुलाई सनिशाको व्यवसायिक प्रगतिका रुपमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ४ : ३८ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग