यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका « Khabarhub

यी मुख्य चार क्षेत्रमा सुधारसहित अर्थमन्त्रीले ल्याए ७ प्रतिशत आर्थिक वृद्धिको खाका


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको वर्तमान आर्थिक अवस्थाबारे ७६ बुँदामा विस्तृत स्थिति पत्र सार्वजनिक गरेका छन्।

२०८२ चैत १३ गते अर्थमन्त्री नियुक्त वाग्लेले पदभार सम्हालेको एक महिनामै अर्थतन्त्रको अवस्था विश्लेषण गर्दै स्थिति पत्र ल्याएका हुन् ।

उनले आगामी वर्षदेखि ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएका छन्। उनले दीर्घकालीन लक्ष्यका रूपमा १०० अर्ब अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने रोडम्याप पनि स्थिति पत्रमा उल्लेख गरेका छन्।

उक्त स्थिति पत्रमा अर्थतन्त्रका मुख्य चुनौती औँल्याउँदै उनले समाधानका लागि चार प्रमुख संवाहक क्षेत्र पनि पहिचान गरेका छन्।

यी क्षेत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा नेपाललाई ५ देखि ७ वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न सकिने उनको दाबी छ। यससँगै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरसम्म पुर्‍याउने लक्ष्य उनले बोकेका छन् ।

सरकारले आर्थिक रूपान्तरणका लागि मुख्य चार आधार निर्धारित गरेको छ। पहिलो, आगामी पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य बोकिएको छ। राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्ने र निजी क्षेत्रको लगानी आकर्षित गर्ने योजनासमेत राखिएको छ।

दोस्रो, कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग तथा पर्यटनसँग जोडिने रणनीति अघि सारिएको छ, जसबाट उत्पादनमूलक रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

तेस्रो, पर्यटन क्षेत्रको पूर्वाधार र सेवा सुधार गरी रोजगारी र आम्दानी बढाउने योजना बनाइएको छ। पर्यटक आवागमन सहज बनाउँदै पर्यटनको लाभ तल्लो तहसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

चौथो, सूचना प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग विस्तार गर्दै डिजिटल अर्थतन्त्र निर्माण गर्ने योजना अघि सारिएको छ। यसबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात वृद्धि हुने अपेक्षा गरिएको छ।

सरकारले यी चार क्षेत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा अर्थतन्त्रमा उल्लेखनीय सुधार आउने र जनताको जीवनस्तर उकासिने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ६ : १० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद