आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो « Khabarhub

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ७५ रनमै अलआउट गरेको छ ।

अरुण जेटली स्टेडियम मा टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले सुरुवातदेखि नै दिल्लीमाथि दबाब बनाएको थियो ।

दिल्लीले मात्र ८ रनमै ६ विकेट गुमाएको थियो। त्यसपछि अभिषेक पोरेलले ३० रन बनाए पनि उनलाई अर्को छेउबाट साथ मिलेन । अन्ततः दिल्ली १६.३ ओभरमा ७५ रनमै समेटियो । अब बैंगलोरलाई जितका लागि ७६ रन आवश्यक छ ।

बैंगलोरका लागि जोश हेजलवुड ले ४ विकेट लिए । उनले केएल राहुल, समीर रिजवी, नितीश राणा र अभिषेक पोरेललाई आउट गरे। त्यस्तै भुवनेश्वर कुमार ले ३ विकेट लिए, जसमा साहिल परख, ट्रिस्टन स्टब्स र अक्षर पटेल परे ।

साथै रसिख सलाम दार, क्रुणाल पाण्ड्या र सुयश शर्माले समान १–१ विकेट लिए।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ९ : ४५ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर