ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी « Khabarhub

आईपीएल

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ जित दर्ता गरेको छ। सिजनको ३९औँ खेलमा बेंगलुरुले दिल्ली क्यापिटल्स लाई ९ विकेटले पराजित गर्‍यो ।

अरुण जेटली स्टेडियम मा पहिले बलिङ गरेको बेंगलुरुले दिल्लीलाई मात्र ७५ रनमै अलआउट गर्‍यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो, टोलीले केवल ८ रनमै ६ विकेट गुमाएको थियो ।

दिल्लीका लागि अभिषेक पोरेलले ३० रन बनाए। बेंगलुरुका तर्फबाट जोश हेजलवुड ले ४ विकेट लिए भने भुवनेश्वर कुमार ले ३ विकेट हात पारे ।

७६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले ६.३ ओभरमै १ विकेट गुमाएर ७७ रन बनाउँदै सजिलो जित हात पार्‍यो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १० : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका