हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन « Khabarhub

हिट फिल्मको सिक्वेल छोडेर ‘रोल नम्बर १’ गर्ने मुकुन


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नम्बर १’को स्लोगान छ- ‘अरु सबै मुर्ख रे एउटै विद्वान, रोल नम्बर १ ।’

यो शैक्षिक मुद्दामा बनेको फिल्म हो । फिल्मको पोस्टरमा बाल कलाकार निर्भिक रेग्मी हाबी छन् । यसले फिल्मको नायक चाहीँ को होला ? भन्ने शंकाको प्रश्न गर्ने स्थान छ ।

फिल्मी नायिका रेणुनाथ योगी भन्छिन्, ‘कथा हिरो भएको फिल्म हो ।’

‘यो जवाफ अलि नियमित र ट्रेडिस्नल भयो नि’ भन्ने तर्क राख्दा नायक मुकुन भुसाल भन्छन्, ‘कथा नै हिरो हो । तर, बालकलाकारलाई केन्द्रमा राखेर कथा अगाडि बढाइएको छ ।’ ती बाल कलाकार उनै निर्भिक हुन् ।

फिल्मका नायक नायिकाले ‘कथा हिरो हो’ भन्नुको अर्थ हो– फिल्मले गज्ज्बको शैक्षिक मुद्दा उठान गरेको छ । कथामा दम छ ।
कथा नै हिरो भए भिलेन नेपाली ‘शैक्षिक शैलीका वेथिति’ हुने नै भए ।

नेपालको सन्दर्भमा शैक्षिक शैलीमा भिलेनाइज भएका मुख्य विषयहरू अभिभावको चेतना, पाठ्यक्रम, पढाउने शैली र सट्रिफिकेटको नम्बर नै हुन् ।

‘यस फिल्मको कथा कुन भिलेनसँग प्रतिस्पर्धा गर्दैछ त ?’ भन्ने विषयमा नायक मकुनको जवाफ छ, ‘अभिभावको चेतना नै हो । आफूले चाहेको पेसा वा पदमा मेरो सन्तान पुग्नुपर्छ भन्ने अभिभावको सोच हो । पाठ्यक्रम, पढाउने शैली र सर्टिफिकेटको मानकलगायतका विषय पनि सिनेमामा जोडिएका छन् ।’

‘तारे जमिन पर’सँग तुलना

शैक्षिक मुद्दामा बनेको भारतीय फिल्म ‘तारे जमिन पर’सँग ‘रोल नम्बर १’लाई जोड्ने गरेको पाइन्छ । केहीलाई यो पनि उक्त फिल्मबाटै प्रभावित भएको हो कि भन्ने आशंका छ ।

कलाकार सशांक मैनाली यस शंकालाई सिधै खण्डन गर्छन् । उनी भन्छन्, ‘यो फिल्म कुनैसँग पनि मिल्दो जुल्दो छैन । यो पूर्ण नयाँ कथा र नयाँ विषय हो ।’ पढाइको विषयमा बाबु–छोराबीचको द्वन्द्वमा फिल्म बनेको उनी बताउँछन् ।

गरिबीबाट हट्नका लागि रोल नम्बर १ नै हुने गरि पढ्नुपर्छ भन्ने मानसिकता राख्ने बुवा र पढ्नभन्दा अन्त रुचि भएको छोराको बीचको द्वन्द्वमा फिल्म बनेको मुकुन बताउँछन् ।

नायिका रेणु थप्छिन्, ‘पहिलो बन्नका लागि बच्चालाई दबाब दिँदा कस्तो मानसिक असर पर्छ भन्ने यसको मर्म हो ।’

फिल्मले पढ्न निरुत्साहन गर्छ ?

फिल्मले प्रमुखरुपमा घोकेर कण्ठ गर्ने र शैक्षिक प्रणालीबारे प्रश्न उठाएको कलाकारहरू बताउँछन् ।

यस किसिमका फिल्मले विद्यार्थी र समाजमा पढाइबारे नकरात्मकता फैलाउने जोखिम पनि रहन्छ । अर्थात्, फिल्मले उठाएका तर्कले गलत भाष्य सिर्जना हुनेबारे निर्माण टिम सजग हुन जरुरी हुन्छ । नायक मुकुन पनि यो कुरा स्वीकार गर्छन् ।

उनी भन्छन्, ‘फिल्मले फिल्मले पढ्नलाई भने निरुत्साहन त गर्दै, गर्दैन । पढ्नका लागि नै परिवारले दबाब दिनुहुँदैन भन्ने सन्देश चाहिँ पक्कै दिन्छ । यसका जोखिमहरूबारे निर्माण टिम पूर्ण सजग छ । शिक्षाको विकल्प देखाउने फिल्म चाहिँ होइन ।’

नायिका रेणु भने पढ्न दिएको दबाबले बालबालिकाको मानसिकता देखाउने फिल्म भएकाले यसले अभिभावको चेतनामा परिवर्तन ल्याउने दाबी गर्छिन् ।

उनी भन्छिन्, ‘फिल्मको मर्म भनेको क्षमताले भ्याएसम्म मात्रै पढ भन्ने हो । दबाब नै लिएर पढ्नुपर्छ भन्ने होइन ।’

आमाको भूमिकामा रेणु

थिएटर पृष्ठभूमिका भएकी नायिका हुन्– रेणु । यो उनको चौथो फिल्म हो ।

उनको फिल्मी करिअरको सुरुवाती चरणमा नै छ । तर, उनले आमाकाे भूमिका निर्वाह गरेकी छिन् ।

प्रायः नायिकाहरू यसरी करिअरको सुरुवातम नै आमाको भूमिका निर्वाह गर्दैनन् । उनीहरू ग्ल्यामर भूमिका नै प्राथमिकतामा राख्छन् ।

यसबारे भने रेणुको फरक विचार छ । उनी भन्छिन्, ‘म राम्रो कामका लागि सधैँ नै तयार हो । म विद्यार्थीदेखि वृद्धको भूमिकामा पनि देखिएको छु । मैले बच्चाको आमाको भूमिका पनि निर्वाह गरेको छु । विभिन्न चरित्र निर्वाह गर्न पाउनु चाहिँ म भाग्यमानी हुँ ।’

ग्ल्यामर र ननग्ल्यामर दुवै भूमिकामा प्रस्ताव आउनुलाई उनी पात्र निर्माणमा विविधता देखाउन सकेका रुपमा लिन्छिन्। उनी भन्छिन्, ‘मैले जुनै उमेर समूहको पात्रका लागि प्रस्ताव आउनु भएको मेकरहरूमा यसले गर्न सक्छ भन्ने विश्वास हो ।’

हिट सिक्वेल छोडेका मुकुन

आफू शीर्ष भूमिकामा रहेको फिल्म ‘झिँगेदाउ’को सिक्वेलमा काम नगरेर मुकुनले ‘रोल नम्बर १’ गरेका हुन् ।

‘झिँगेदाउ’ टिमले मुकुनलाई हटाएको सूचना फिल्मीवृतमा खुलेआम फैलाएको थियो । तर पनि मुकुन यस विषयमा चुप बसे । उनले खण्डन गरेनन् ।

तर, ‘रोल नम्बर १’को कथावस्तुले आकर्षण गरेकाले आफूले उक्त फिल्म छोडेको उनको दाबी छ ।

उनी भन्छन्, ‘दुवै फिल्मको सुटिङ जुध्ने जस्तो माहोल भयो । मैले एक मात्र छान्नुपर्ने भयो । मलाई यसको कथाले लोभ्याएको थियो । उता केही समय रोकिन प्रस्ताव गरेँ, मान्नुभएन । मैले यही (रोल नम्बर १) फिल्म गर्ने निर्णय लिएँ । उहाँहरूले नियोजितरुपमा समाचार फैलाउनुभयो ।’

अव्यवसायिक कदमविरुद्ध आफूले चासो नराखेको उनको स्पष्टीकरण छ । अर्थात्, उनी यो फिल्मप्रति आशावादी छन् । आफ्नो करिअरको ग्राफ यो फिल्मले थप उकालो लगाउने उनको विश्वास हो ।

हुन पनि मुकुनलाई एक हिट फिल्मको आवश्यक छ । कारण उनलाई अहिले पनि डेब्यू फिल्म ‘बुलबुल’कै पात्र चोपेन्द्रका रुपमा दर्शकले चिन्छन् ।

मुकुन पनि आफू चोपेन्द्रबाहेक अर्को पात्र दर्शकमाझ स्थापित बनाउन प्रयासरत रहेको स्वीकार गर्छन् ।

उनी भन्छन्, ‘महाकवी लक्ष्मीप्रसाद देवकोटाका कृति धेरै छन्, तर उहाँलाई हामीले मुनामदनबाट सम्झन्छौं । कलाकारको हकमा पनि त्यही हुने रहेछ । तर मेरो प्रयास चाहिँ अर्को पात्र पनि दर्शकसँग चोपेन्द्र जसरी यादगार रहोस् नै भन्ने हो ।’

यो फिल्मबाट उनी आफ्नो अर्को पात्रसँग अलि बढी आशावादी छन् । उनी थप्छन्, ‘हुन त हरेक फिल्म गर्दा नयाँ पात्र स्थापित होस् भनेरै काम गरिन्छ । यसमा पनि त्यही अपेक्षा हो । हेरौँ के हुन्छ !’

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ७ : १२ बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर