युद्धविराम उल्लंघन गर्दै अमेरिकाको हमला, इरानले दियो प्रतिवादको चेतावनी « Khabarhub

युद्धविराम उल्लंघन गर्दै अमेरिकाको हमला, इरानले दियो प्रतिवादको चेतावनी


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आफ्नो देशमाथि अमेरिकाले गरेको नयाँ हवाई आक्रमणलाई ‘युद्धविरामको गम्भीर उल्लंघन’ भएको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड ले दक्षिणी इरानमा ‘आत्मरक्षाका लागि’ भन्दै इरानी मिसाइल केन्द्र र समुद्री बारुद बिछ्याउन खोजिरहेका डुङ्गाहरूलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो।

इरानी विदेश मन्त्रालयले हर्मोजगान क्षेत्रमा भएको यस ‘आक्रामक र अनुचित कदम’ को परिणामको जिम्मेवार अमेरिका नै हुनुपर्ने बताएको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मोजको तटीय क्षेत्रमा पर्ने यस क्षेत्रलाई इरानले अवरुद्ध गरेपछि विश्व बजारमा इन्धनको मूल्य उच्च भएको छ ।

यो नयाँ सैन्य तनावले जारी द्वन्द्व अन्त्यका लागि भइरहेका वार्तामा कस्तो असर पार्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

इरानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निःसन्देह, इस्लामिक गणतन्त्र इरानले कुनै पनि दुराशयपूर्ण कदमको जवाफ नदिई छाड्ने छैन र इरानी जनताको रक्षाका लागि पछि पर्ने छैन ।”

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि शृंखलाबद्ध र घातक आक्रमण सुरु गरेसँगै यो युद्धको सुरुवात भएको थियो । उक्त सुरुवाती आक्रमणमा इरानका सर्वोच्च नेतासमेत मारिएका थिए ।

हप्तौँ लामो संघर्षपछि गत अप्रिल ८ मा युद्धविरामको सहमति भएको थियो । मे महिनाको सुरुवाती चरणमा भएको एउटा मुख्य भिडन्तबाहेक यो युद्धविराम सामान्यतया पालना हुँदै आएको थियो ।

अमेरिकाले आक्रमण गरिएको निश्चित स्थानबारे विस्तृत विवरण नदिए पनि ‘न्यूयोर्क टाइम्स’ ले एक अधिकारीलाई उद्धृत गर्दै हर्मोज नजिकै रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास आसपासको क्षेत्रलाई लक्षित गरिएको जनाएको छ । बन्दर अब्बासमा इरानको मुख्य जलसेनाको आधार शिविर हो ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा ठूला विस्फोटका आवाजहरू सुनिएपछि स्थानीय अधिकारीले यसबारे अनुसन्धान गरिरहेको रिपोर्ट प्रसारण गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ३२ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको