लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु « Khabarhub

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सशस्त्र समूह हिजबुल्लाहविरुद्ध सैन्य कारबाही थप सशक्त पार्ने घोषणा गरेलगत्तै भएका भीषण आक्रमणमा दर्जनौँको मृत्यु भएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३१ जनाको ज्यान गएको छ, जसमा कैयौँ बालबालिका समेत छन्। इजरायली सेनाले भने आफूले हिजबुल्लाहका १०० भन्दा बढी सैन्य पूर्वाधार र लडाकुलाई निशाना बनाएको दाबी गरेको छ।

अमेरिकी मध्यस्थतामा गत अप्रिलको मध्यमा भएको युद्धविरामयताकै यो सबैभन्दा भीषण बमबारी हो। प्रधानमन्त्री नेतन्याहूले सोमबार हिजबुल्लाहविरुद्धको सैन्य दबाबलाई अझ बढाउन निर्देशन दिएका थिए। मंगलबार सुरक्षा मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले लेबनानमा इजरायली सैन्य अभियान अझ व्यापक बनाइँदै लगिएको स्पष्ट पारे।

“इजरायली सेना (आईडीएफ) ले ठूलो फौजका साथ स्थल कारबाही गरिरहेको छ र हिजबुल्लाहको नियन्त्रणमा रहेका इलाका आफ्नो कब्जामा लिइरहेको छ,” नेतन्याहूले भने, “उत्तरी इजरायलका नागरिकलाई हिजबुल्लाहको हमलाबाट जोगाउन सुरक्षा क्षेत्र मजबुत बनाउने काम भइरहेको छ।”

यस पछिल्लो तनावले अमेरिका, इजरायल र इरानबीच जारी युद्ध रोक्न भइरहेको जटिल कूटनीतिक वार्तालाई संकटमा पारेको छ। लेबनानको दक्षिणी भागमा इजरायलले दैनिकजसो हवाई र तोप आक्रमण गर्दै आएको छ भने हिजबुल्लाहले पनि उत्तरी इजरायल र दक्षिणी लेबनानमा रहेका इजरायली फौजलाई लक्षित गरी रकेट र ड्रोन प्रहार गरिरहेको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ९ : १४ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल