‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैनन्’ « Khabarhub

‘मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक छैनन्’


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिस कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको जनाएको छ । 

आयोगको २६ औँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवअधिकारका विषयमा नेपाल सरकार समक्ष गरेका सिफारिसहरूको कार्यान्वयनको स्तर सन्तोषजनक नरहेको जनाएका हुन् ।

स्थापनाकालदेखि हालसम्मको अवधिमा सरकारबाट आयोगका १३ दशमलव २९ प्रतिशत सिफारिसको मात्रै पूर्ण कार्यान्वयन भएको उनले बताए ।

उनले आगामी दिनमा सिफारिस कार्यान्वयनतर्फ सरकारले सकारात्मक पाइला चाहेमा मात्रै कानुनी शासनको प्रत्याभूतिका साथै मानवअधिकार संस्कृतिको निर्माण सम्भव हुने धारणा राखे ।

लोकतन्त्रमा व्यक्ति भन्दा प्रक्रिया र परिणाम महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष मगरले राज्यका सबै निकायहरूले अझ बढी लोकतान्त्रिक आचरण र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए । 

साथै उनले नागरिक तथा राजनीतिक अधिकारको तुलनामा अझै पनि आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकारहरूको प्राप्ति र प्रयोग सन्तोषजनक हुन नसकेकाले राज्यले थप कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरे। 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १२ : ३५ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा