मसूद पेजेश्कियानद्वारा मुस्लिम एकताको आह्वान « Khabarhub

मसूद पेजेश्कियानद्वारा मुस्लिम एकताको आह्वान


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान–   मसूद पेजेश्कियानले मध्यपूर्वमा जारी तनाव र क्षेत्रीय चुनौतीहरूको सामना गर्न मुस्लिम राष्ट्रहरूबीच बलियो एकता आवश्यक रहेको बताएका छन्।

ईद अल–अधाको अवसर पारेर विभिन्न मुस्लिम देशका नेतासँग टेलिफोन संवाद गर्दै उनले इस्लामिक एकतालाई थप मजबुत बनाउन र साझा चुनौतीविरुद्ध सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।

इराक, ओमान, कतार, टर्की, ताजिकिस्तान, इजिप्ट, किर्गिजस्तान र अजरबैजानका नेतासँग शुभकामना आदानप्रदान गर्दै पेजेस्कियनले सामाजिक सञ्जाल एक्समार्फत मुस्लिम राष्ट्रहरूबीच आपसी सहयोग र समर्थन अझ सुदृढ हुनुपर्ने उल्लेख गरेका छन्।

किर्गिज राष्ट्रपति सदिर जापारोभसँगको संवादमा उनले ईद अल–अधालाई विश्वास, बलिदान र एकताको प्रतीकका रूपमा व्याख्या गर्दै यस पर्वले इस्लामिक राष्ट्रहरूबीच पारस्परिक विश्वास र क्षेत्रीय सम्बन्धलाई गहिरो बनाउने अवसर प्रदान गर्ने बताए।

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार पेजेस्कियनले क्षेत्रीय सम्बन्धमा ‘नयाँ अध्याय’ सुरु हुने विश्वास व्यक्त गर्दै बाह्य हस्तक्षेपको सामूहिक अस्वीकार र आपसी एकताको आवश्यकता औंल्याए । साथै, विवाद समाधानका लागि कूटनीतिक संवादप्रति इरान प्रतिबद्ध रहेको पनि उनले दोहोर्‍याए।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँगको वार्तामा पेजेस्कियनले मुस्लिम राष्ट्रहरूबीचको एकताले साझा क्षेत्रीय संकट समाधान गर्न र बाह्य दबाबको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तेहरान र क्वालालम्पुरबीच आर्थिक, सांस्कृतिक तथा सामाजिक सहकार्य विस्तार गर्न पनि आह्वान गरे।

जवाफमा प्रधानमन्त्री अनवर इब्राहिमले मुस्लिम राष्ट्रहरूबीच अझ व्यापक एकता र सहकार्यको अपेक्षा व्यक्त गरेका थिए।

त्यसैगरी, इराकका राष्ट्रपति निजार अल-अनी र प्रधानमन्त्री अली फलिह अल-जैदी सँगको छुट्टाछुट्टै संवादमा पेजेस्कियनले ईद अल–अधाले बलिदान, भाइचारा र ऐक्यबद्धताको सन्देश दिने उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

विश्वभरका लाखौं मुस्लिम समुदायले हज यात्राको १०औँ दिनमा पैगम्बर इब्राहिमको ईश्वरप्रतिको समर्पणको स्मरण गर्दै ईद अल–अधा पर्व मनाउने गर्छन्।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १२ : ४० बजे

क्यूआरमार्फत १ खर्ब २५ अर्बभन्दा बढी डिजिटल कारोबार

काठमाडौं– नेपालमा डिजिटल भुक्तानी प्रयोग उल्लेख्य रूपमा बढेको छ। बुधबार सार्वजनिक

चालु आर्थिक वर्षमा व्यापार घाटा पाँच प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालमा व्यापार घाटा पाँच प्रतिशतले वृद्धि

पत्रकार श्रेष्ठमाथि सरकारी दबाब र धम्कीको विश्व प्रेस परिषद् संघद्वारा कडा निन्दा

काठमाडौं- विश्व प्रेस परिषद संघ (डब्लुएपीसी) ले वरिष्ठ पत्रकार किशोर

स्थिर लगानी १८ प्रतिशत बढीले वृद्धि हुने

काठमाडौं– चालु आर्थिक वर्षमा स्थिर क्षेत्रमा हुने लगानी वृद्धि हुने

प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या बढ्यो

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको