उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह « Khabarhub

उपचारका लागि आर्थिक सहयोग संकलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरेका छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत न्यायाधीश श्रेष्ठले आफ्नो उपचारका लागि विभिन्न माध्यमबाट आर्थिक सहयोग सङ्कलन गर्न लागिएको जानकारी पाएको उल्लेख गर्दै उक्त कार्य तत्काल स्थगित गर्न अनुरोध गरेका हुन् ।

विज्ञप्तिमा उनले न्याय सेवा अधिकृत समाज ले न्यायपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई स्वेच्छिक आर्थिक सहयोग गर्न आह्वान गरेको जानकारी आफूले पाएको उल्लेख गरेका छन् ।

‘यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आशा छ, तपाईंहरूले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ ।’

बोनम्यारोसम्बन्धी समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको हाल भारतको राजीव गान्धी क्यान्सर संस्थान र अनुसन्धान केन्द्रमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : ०४ बजे

बाढीबारे प्रधानमन्त्रीको सम्बोधन- मानव सभ्यताले भोगेको ठुलो घटना हो, पूर्व जानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि