कांग्रेसमा गलाउने खेल, इतर समूहले फाल्यो महासमिति भेलाको पासा « Khabarhub

कांग्रेसमा गलाउने खेल, इतर समूहले फाल्यो महासमिति भेलाको पासा


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस इतर समूहले महासमिति बैठकको तयारी सुरु गरेको छ । पूर्व परराष्ट्रमन्त्री तथा नेता एनपी सावदले महासमिति बैठक गर्नेबारे प्रष्ट पारेका हुन् । 

कर्णाली प्रदेश भेला सकेर बुधबार काठमाडौँ फर्किँदै गरेको सुनाउँदै उनले सबै प्रदेश भेला सम्पन्न गरे लगत्तै त्यसबारे छलफल चल्ने बताए । 

‘अहिले हामी प्रदेश भेलाको क्रममा नै छौँ । त्यसपछि हामी पार्टी पुनर्जागरणका कार्यक्रममा जुट्नेछौँ,’ उनले बताए । 

हालसम्म इतर समूहले गण्डकी, कर्णाली, सुदूरपश्चिम, बागमती गरी चार प्रदेशका नेता तथा कार्यकर्तासँग भेला तथा छलफल सम्पन्न गरिसकेको छ । 

यसैबीच संस्थापन पक्षले वार्तामार्फत एकताताको माहौल बनाएमा महासमिति बैठकको औचित्य नरहने उनको भनाइ छ । 

यस्तै, निर्वतमान केन्द्रीय सदस्य गुरु बरालले भने प्रदेश भेला र छलफलबाट उक्त सुझाव आएको बताए । 

‘प्रदेश भेला गरेका चार प्रदेशबाट हामीलाई महासमिति बैठक आह्वानका लागि सुझाव आएको छ । अब मधेस, लुम्बिनी र कोशी प्रदेशको छलफलमा साथीहरूले के भन्नुहुन्छ ? त्यसपछि गर्ने नगर्ने निर्णय हुन्छ,’ उनले भने । 
महासमिति बैठक गर्ने नै भन्ने नेतृत्व तहको निर्णय नरहेको उनले स्पष्ट पारे । 

‘बैठक गर्ने भन्ने क्लियर भएको छैन । सबै प्रदेश भेलाले त्यही गर्ने प्रस्ताव गर्छ भने बहुमतको कदर गर्नुपर्छ,’ उनले बताए । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : २७ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा