नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने « Khabarhub

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान रहेको छ । 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने र अर्थतन्त्रको आकार ६६ खर्बमा पुग्ने बताएका हुन् । जबकी गत वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो ।

आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर देशको औसत अवस्थामा भन्दा तल हुने छ । कुल गार्हस्थ्य उत्पादनको संरचनामा कृषि र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान सर्वेक्षणमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा देशको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रहने र जसमा सबैभन्दा धेरै बागमती प्रदेशको ३६.७ प्रतिशत रहने छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  १ : ४८ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी