नेपालमा मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार  « Khabarhub

आर्थिक सर्वेक्षण

नेपालमा मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार 


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । 

सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा पछिल्ला वर्षहरूमा मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा निरन्तर कमी आएको उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको स्वास्थ्य सम्बन्धी सूचकअनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा उल्लेख्य वृद्धि भएको छ। नेपाल परिवार स्वास्थ्य सर्वेक्षण १९९६ अनुसार प्रति लाख जीवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर राष्ट्रिय जनगणना २०७८ सम्म आइपुग्दा १५१ मा झरेको छ । त्यस्तै, सन् २०११ मा प्रति हजार जीवित जन्ममा ३३ रहेको नवजात शिशु मृत्युदर सन् २०२५ मा घटेर १७ मा पुगेको छ ।

तथ्यांकअनुसार औसत आयु पनि बढेको छ । सन् २०११ मा ६६.६ वर्ष रहेको औसत आयु २०२५ मा ७१.३ वर्ष पुगेको छ । कुल प्रजनन दर २.६ बाट घटेर १.९ मा झरेको छ । कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवती महिलाको अनुपात ५०.१ प्रतिशतबाट बढेर ८८.४ प्रतिशत पुगेको छ भने दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिलाको अनुपात ३६ प्रतिशतबाट बढेर ७४ प्रतिशत पुगेको छ ।

स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । सन् २०११ मा ३५.३ प्रतिशत रहेको यस्तो दर २०२५ मा ९० प्रतिशत पुगेको छ । बाल स्वास्थ्यतर्फ पूर्ण खोप लगाउने बालबालिकाको अनुपात ८७ प्रतिशतबाट बढेर ९२ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १ : ५९ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल