बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित « Khabarhub

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका कारण उत्पन्न विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते हुने भनिएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ ।

विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको १ गते र १६ गते नियमित रूपमा करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो । तर, पछिल्लो प्राकृतिक विपद्का कारण भदौ १६ गतेको कार्यक्रम स्थगित गरिएको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभागका अनुसार स्थगित भएको १५ दिनसहित भदौ महिनाभरिको करदाता प्रोत्साहन पुरस्कारको विजेता आगामी असोज १ गते एकैपटक घोषणा गरिने निर्णय भएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ११ : ५१ बजे

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार