सभामुखलाई निशा डाँगीको प्रश्न : तपाईं बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ? « Khabarhub

सभामुखलाई निशा डाँगीको प्रश्न : तपाईं बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सभामुख डोलप्रसाद अर्याल र प्रतिनिधि सभाका सांसदहरू बस्ने कुर्सीबारे प्रश्न उठाएकी छन् ।

उनले नेपालमै अर्बौँको काठ कुहिएर गइरहेका बेला संसद् भवनका फर्निचर पनि विदेशबाट आयात गरिएको काठबाट बनेको भन्दै प्रश्न उठाएृकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले प्रश्न गरिन्, ‘दुई–तीन पछि हामी नयाँ संसद् जाँदैछौं । उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’

महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काष्ठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।

‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’ उनले सोधिन् ।

डाँगीले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको बताउँदै नेपालमै भएको धनको सही सदुपयोग हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : ३७ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको