सभामुखलाई निशा डाँगीको प्रश्न : तपाईं बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ? « Khabarhub

सभामुखलाई निशा डाँगीको प्रश्न : तपाईं बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ?


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सभामुख डोलप्रसाद अर्याल र प्रतिनिधि सभाका सांसदहरू बस्ने कुर्सीबारे प्रश्न उठाएकी छन् ।

उनले नेपालमै अर्बौँको काठ कुहिएर गइरहेका बेला संसद् भवनका फर्निचर पनि विदेशबाट आयात गरिएको काठबाट बनेको भन्दै प्रश्न उठाएृकी छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले प्रश्न गरिन्, ‘दुई–तीन पछि हामी नयाँ संसद् जाँदैछौं । उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसद बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो ?’

महालेखा परीक्षकको ६१ औं प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काष्ठजन्य सामग्री आयात भइरहेको जानकारी गराइन् ।

‘आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्राउन सजिलैसँग एलसी खुल्ने गर्छ, यो कस्तो किसिमको नीति हो ?’ उनले सोधिन् ।

डाँगीले सबै वन फँडानी गर्नुपर्छ भन्न नखोजेको बताउँदै नेपालमै भएको धनको सही सदुपयोग हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  २ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली