वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ६९ लाख पुग्यो « Khabarhub

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने संख्या ६९ लाख पुग्यो


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने श्रमिकको संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष ०८२-०८३ को आर्थिक सर्वेक्षण अनुसार यस वर्ष ६९ लाख श्रमिकले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, सोही अवधिमा ५ लाख २४ हजार श्रमिकले श्रम स्वीकृति नवीकरण गरेका छन्।

गत आर्थिक वर्ष २०८१-०८२ मा श्रम स्वीकृति लिने श्रमिकको सङ्ख्या ६४ लाख रहेको थियो। त्यस वर्ष ३ लाख १७ हजार ६३ जनाले श्रम स्वीकृति नवीकरण गरेका थिए।

यस्तै, राहदानी विभागका अनुसार गत फागुनसम्म ५५ लाख १६ हजार थान इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) वितरण गरिएको छ। वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या बढेसँगै राहदानी तथा श्रम स्वीकृतिको माग पनि लगातार उच्च देखिएको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : ४७ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी