जेन-जी आन्दोलन : मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक, सरकारलाई विभिन्न सिफारिस  « Khabarhub

जेन-जी आन्दोलन : मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक, सरकारलाई विभिन्न सिफारिस 


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको नवयुवा (जेन-जी) आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई विभिन्न सिफारिस गरेको छ। 

आयोगले बुधबार एक नोट जारी गर्दै आफ्नो निर्णय तथा सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइसकेको जनाएको हो।

आयोगले यसअघि घटनाको अनुसन्धानका लागि विशेष समिति गठन गरेको थियो। उक्त समितिले पेश गरेको प्रतिवेदनका आधारमा आयोगको २०८३ जेठ १२ गते बसेको बैठकले निर्णय तथा सिफारिस गरेको जनाएको छ।

आयोगका अनुसार आन्दोलनका क्रममा भएका घटनामा मानवअधिकार उल्लङ्घनका विषयमा विस्तृत अध्ययनपछि सरकारलाई आवश्यक कानुनी तथा प्रशासनिक कदम चाल्न सुझाव दिइएको छ। 

आयोगले प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पत्राचारसमेत गरिसकेको जनाएको छ।

प्रेस नोटमा आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले अनुसन्धान प्रतिवेदनको विस्तृत विवरण संलग्न गरिएको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ३ : ५५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली