सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर  « Khabarhub

मानवअधिकार आयोगको प्रतिवेदन

सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर 


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा परिचालित समूहले जेन–जी आन्दोलन भड्काएको उल्लेख गरेको छ ।

गत भदौ २३ र २४ गते देशैभर आन्दोलन भएको थियो ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा हामफ नेपालका अध्यक्ष सुधन गुरुङको नेतृत्वमा परिचालित भनिएको ‘टीओबी’ समूहले शान्तिपूर्ण जेन–जी आन्दोलनलाई हिंसात्मक बनाएको उल्लेख गरेको हो ।

आयोगले ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा हात र शरीरमा सोही नामका ट्याटु खोपेका १५–२० जनाको बाइकर समूह आन्दोलन स्थल प्रवेश गरेपछि स्थिति असामान्य बनेको उल्लेख गरेको हो ।

प्रतिवेदनअनुसार उक्त समूहले शान्तिपूर्ण प्रदर्शन कब्जामा लिएर विद्यार्थीलाई ढालका रूपमा प्रयोग गर्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेको, संसद् भवनतर्फ आक्रमण तथा आगजनी प्रयाससमेत गरेको देखिएको छ । 

घटनाका क्रममा धनजनको क्षति हुनुका साथै एम्बुलेन्स र राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली गएको सवारीसाधनमाथि समेत तोडफोड तथा आगजनी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले प्रदर्शनकारीलाई योजनाबद्ध रूपमा उक्साउने, आक्रोशित बनाउने तथा सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्न प्रेरित गर्ने काममा उक्त ‘टीओबी’ समूहको स्पष्ट संलग्नता देखिएको जनाएको छ । 

यद्यपि, ती व्यक्तिहरूको वास्तविक पहिचान, आयोजकसँगको सम्बन्ध तथा कसको निर्देशनमा परिचालित थिए भन्ने विषयमा थप अनुसन्धान गरी निष्कर्षमा पुग्न सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ४ : ५० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी