सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर  « Khabarhub

मानवअधिकार आयोगको प्रतिवेदन

सुधनको नेतृत्वमा परिचालित ‘टीओबी’ समूहले जेन–जी आन्दोलन भड्काएको आयोगको ठहर 


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले निवर्तमान गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा परिचालित समूहले जेन–जी आन्दोलन भड्काएको उल्लेख गरेको छ ।

गत भदौ २३ र २४ गते देशैभर आन्दोलन भएको थियो ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा हामफ नेपालका अध्यक्ष सुधन गुरुङको नेतृत्वमा परिचालित भनिएको ‘टीओबी’ समूहले शान्तिपूर्ण जेन–जी आन्दोलनलाई हिंसात्मक बनाएको उल्लेख गरेको हो ।

आयोगले ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका तथा हात र शरीरमा सोही नामका ट्याटु खोपेका १५–२० जनाको बाइकर समूह आन्दोलन स्थल प्रवेश गरेपछि स्थिति असामान्य बनेको उल्लेख गरेको हो ।

प्रतिवेदनअनुसार उक्त समूहले शान्तिपूर्ण प्रदर्शन कब्जामा लिएर विद्यार्थीलाई ढालका रूपमा प्रयोग गर्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेको, संसद् भवनतर्फ आक्रमण तथा आगजनी प्रयाससमेत गरेको देखिएको छ । 

घटनाका क्रममा धनजनको क्षति हुनुका साथै एम्बुलेन्स र राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली गएको सवारीसाधनमाथि समेत तोडफोड तथा आगजनी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले प्रदर्शनकारीलाई योजनाबद्ध रूपमा उक्साउने, आक्रोशित बनाउने तथा सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्न प्रेरित गर्ने काममा उक्त ‘टीओबी’ समूहको स्पष्ट संलग्नता देखिएको जनाएको छ । 

यद्यपि, ती व्यक्तिहरूको वास्तविक पहिचान, आयोजकसँगको सम्बन्ध तथा कसको निर्देशनमा परिचालित थिए भन्ने विषयमा थप अनुसन्धान गरी निष्कर्षमा पुग्न सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ४ : ५० बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा