मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस « Khabarhub

 मानव अधिकार आयोगको प्रतिवेदन 

मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनमा संलग्न ठहर भएका व्यक्तिलाई कम्तीमा ६ महिनासम्म निलम्बन गर्न सरकारलाई निर्देशनसहित सिफारिस गरेको छ ।

आयोगले नयाँ कानुनी व्यवस्था नबनेसम्म दण्डहीनता रोक्न यस्तो अस्थायी व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै प्रतिवेदनमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

सिफारिस खण्डको प्रकरण नं. १ मा मानव अधिकार उल्लंघनकर्ता भनी पहिचान गरिएका व्यक्तिहरू हाल जुनसुकै सार्वजनिक पदमा रहे पनि उनीहरूलाई कम्तीमा ६ महिनासम्म निलम्बन गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।

प्रतिवेदनमा तथ्य र विश्लेषण खण्डमा विभिन्न व्यक्तिहरूलाई मानव अधिकार उल्लंघनकर्ता रूपमा उल्लेख गरिएको आधारमा यस्तो सिफारिस गरिएको जनाइएको छ ।

आयोगले राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (१) (छ) अनुसार मानव अधिकारको सम्मान र संरक्षणका लागि सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले दण्डहीनता अन्त्य गर्न र मानव अधिकार संरक्षणलाई प्रभावकारी बनाउन यो सिफारिस अघि सारेको हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ४ : ५८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली