देउवा चोकबाट सुरु भएको थियो आगजनी र तोडफोड  « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदन

देउवा चोकबाट सुरु भएको थियो आगजनी र तोडफोड 


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २४ गते भएको तोडफोड र आगजनीको श्रृंखला काठमाडौंको देउवा चोकबाट सुरु भएको तथ्य सार्वजनिक भएको छ । 

मानव अधिकार आयोगको प्रतिवेदनअनुसार निषेधाज्ञा र सुरक्षा आदेशको अवज्ञा गर्दै एक समूहले बिहान करिब ११ बजे तत्कालीन ऊर्जामन्त्रीको घरमा आक्रमण सुरु गरेपछि देशभर हिंसा फैलिएको थियो ।

प्रतिवेदनमा त्यसपछि राजनीतिक दलका कार्यालय, शीर्ष नेताका निवास, सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी चौकी, सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट भएको उल्लेख छ ।

यसैक्रममा ललितपुरको नख्खु कारागार पनि प्रदर्शनकारीले घेरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू मनिस झा र हरि ढकालसहितको भीडले  सभापति रवि लामिछानेलाई कारागारबाट बाहिर निकालिएको र त्यसपछि अन्य बन्दीसमेत बाहिर निस्किएको प्रतिवेदनमा उल्लेख छ ।

रवि लामिछाने बाहिरिएको समाचार फैलिएपछि देशभरका कारागार र बाल सुधार केन्द्रमा तनाव फैलिएको तथा भाग्ने प्रयासका क्रममा प्रहरीसँग झडप हुँदा तीन सुरक्षाकर्मीको मृत्यु र करिब २५० जना घाइते भएको उल्लेख गरिएको छ ।

 त्यसपछि विभिन्न कारागारमा गोली चल्दा १० जना बालबन्दी तथा कैदीबन्दीको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ०३ बजे

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन

तीनभाइको प्रतीक्षामा रामकुमार, ‘चुलो नबलेको हप्ता भयो, सम्झानाले सताइरहन्छ’

सप्तरी– रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका