आयोगको नजरमा तत्कालीन मन्त्री गुरुङ मानव अधिकार उल्लङ्घनकर्ता « Khabarhub

मानव अधिकार आयोगको प्रतिवेदन

आयोगको नजरमा तत्कालीन मन्त्री गुरुङ मानव अधिकार उल्लङ्घनकर्ता


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार आयोगको प्रतिवेदनले पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मानवअधिकारको उल्लङ्घनकर्ता नै मान्नुपर्ने बताएको छ ।

बुधबार सार्वजनिक भएको प्रतिवेदनअनुसार नेपालको संविधानको धारा १७ (२) (क) ले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरे पनि सोही धाराको प्रतिबन्धात्मक व्यवस्थालाई बेवास्ता गर्दै सरकारद्वारा जारी सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका २०८० ले अभिव्यक्ति स्वतन्त्रतामा असंवैधानिक रूपमा अंकुश लगाएको दाबी गरिएको छ ।

प्रतिवेदनमा त्यस्तो निर्देशिका जारी गर्ने तथा कार्यान्वयन गर्ने तत्कालीन सञ्चार तथा सूचना मन्त्री गुरुङले संवैधानिक प्रावधान, अन्तराष्ट्रिय मानव अधिकार मापदण्ड र सरोकारवालाको परामर्शबिना निर्णय लिएको उल्लेख छ । यसले लोकतान्त्रिक प्रक्रिया, सुशासन ऐन २०६४ को भावना र नागरिक सहभागिताको सिद्धान्तविपरीत काम गरेको निष्कर्ष प्रतिवेदनले निकालेको छ ।

सरकारको उक्त कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष असर परेको भन्दै पूर्व मन्त्री गुरुङलाई मानव अधिकार उल्लङघनकर्ता नै मान्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : २० बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको