इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया « Khabarhub

इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती  गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरू घटाउने बताएको छ ।

फेब्रुअरी–२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ ।

प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ ।
उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ ।

एयर इन्डियाले अवस्था स्थिर भए पछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ ।

 यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नाई लगायत भारतीय सहरहरूबाट सिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने जडानहरू जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : २७ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत