जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा « Khabarhub

जेन-जी आन्दोलनमा संलग्न रास्वापाका १५ सांसद अनुसन्धानको दायरामा


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसमक्ष सिफारिस गरेको छ ।

बुधबार आयोगले सार्वजनिक गरेको जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनालको नाम उल्लेख गरिएको छ ।

ती सांसदहरूको भूमिका देखिएको उल्लेख गर्दै प्रदर्शनअघि, प्रदर्शनका क्रममा र प्रदर्शनपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा व्यक्त धारणा, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा अनुसन्धान आवश्यक देखिएको छ आयोगको प्रतिवेदनको १० नम्बर बुँदामा उल्लेख छ । 

प्रतिवेदनमा ती व्यक्तिहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भएको हो–होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पुगेको हो–होइन तथा कुनै प्रकारको दुरुत्साहन भएको हो–होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगले जनाएको छ । 

अनुसन्धान प्रक्रिया स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अघि बढाउन र दोषी देखिए कानुनी कारबाही गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ४९ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई