एशियन महिला छनोट : चीनमाथि नेपालको जित « Khabarhub

एशियन महिला छनोट : चीनमाथि नेपालको जित


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । 

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् । 

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको  थियो । 

नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे । अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ५ : ४१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल