एशियन महिला छनोट : चीनमाथि नेपालको जित « Khabarhub

एशियन महिला छनोट : चीनमाथि नेपालको जित


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । 

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो ।

चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् । 

नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको  थियो । 

नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे । अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ४१ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले