आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’ « Khabarhub

आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे सूचना संकलनमा गुप्तचर निकाय चुकेको मानव अधिकार आयोगको निष्कर्ष छ । 

राष्ट्रिय अनुसन्धान विभागले घटनाअघि पर्याप्त सूचना संकलन र विश्लेषण गर्न नसक्दा सुरक्षा चुनौतीको पूर्वानुमान कमजोर बनेको आयोगले बुधबार सार्वजनिक गरेको जेन–जी आन्दोलनको प्रतिवेदनमा उल्लेख छ । 

नेपाल विशेष सेवा ऐन, २०४२ अनुसार सुरक्षा सम्बन्धी सूचना संकलन गर्ने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागमा छ । 

जसले कुनै पनि घटना विशेषको संवेदनशीलता पहिल्याउन र समयमै जानकारी उपलब्ध गराउन गुप्तचर खटाउन सक्छ । तर विभागको भूमिका निष्क्रिय र प्रभावहीन भएको टिप्पणी प्रतिवेदनमा गरिएको छ ।

परिणामस्वरूप भदौ २४ गते देशभर भएको विध्वसंमा सुरक्षा संयन्त्र सरेन्डर गर्न बाध्य बनेको आयोगको ठहर छ । 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ५ : ५१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का