भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन   « Khabarhub

भीमेश्वर नगर भित्रका निजी विद्यालय आइतबार बन्द गर्न निर्देशन  


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सम्पूर्ण शिक्षण संस्थाहरूमा हप्ताको दुई दिन सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ ।

नगरपालिकाको शिक्षा शाखाले नगर क्षेत्रभित्रका सबै सामुदायिक र संस्थागत (निजी) विद्यालयहरूलाई परिपत्र गर्दै उक्त निर्णय अनिवार्य रूपमा पालना गर्न भनेको हो ।

​नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको परिपत्र बमोजिम भीमेश्वर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । 

नयाँ व्यवस्था अनुसार अबदेखि नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा हप्ताको दुई दिन-प्रत्येक हप्ताको शनिबार र आइतबार-सार्वजनिक बिदा दिनुपर्नेछ ।

नगरपालिकाका शिक्षा अधिकृत (सातौँ) प्रमिला कार्कीद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘यस नगरपालिका क्षेत्रभित्रका शैक्षिक संस्था (सामुदायिक र संस्थागत दुवै) मा हप्तामा दुईदिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएकोले सोही बमोजिम गर्नु/गराउनु हुन निर्णयअनुसार अनुरोध छ।’

नगरपालिकाले निर्णयको प्रतिलिपिसहित उक्त परिपत्रको बोधार्थ शिक्षा तथा मानव स्रोत विकास केन्द्र (भक्तपुर), जिल्ला प्रशासन कार्यालय (दोलखा), र शिक्षा विकास तथा समन्वय इकाई (दोलखा) लाई समेत पठाएको छ ।

स्थानीय सरकारको यो निर्देशनसँगै नगरभित्रका सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरूले हप्ताको दुई दिन बिदाको नियम कडाइका साथ लागू गर्नुपर्ने भएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ४६ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक