कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा « Khabarhub

कामपाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ । 

पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरूप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।  

उनले भने, ‘कामपाको १ देखि ३२ वटै वडाका प्रतिनिधि, नागरिकसँगको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी स्थान पहिचानको काम गरेको हो’, खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा कामपाको छ । 

विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै जोशीले भने, ‘डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ’, डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।  

पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफल बिनानै सडक खन्ने र पुर्ने कार्यले  नदीजन्य विपद्का घटना हुने गरेको छ ।
 
कामपाले सरोकारवालालाई विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धारका विभिन्न विधिको प्रयोगात्मक अभ्यास  गरीसकेको छ । सहरी विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय  आवश्यक पर्ने बताइएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ४२ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको