गण्डकी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल « Khabarhub

गण्डकी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले मङ्लबार प्रदेशसभामा प्रस्तुत गरेको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ ।

 सो छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले प्रदेशलाई थप सबल र आत्मनिर्भर बनाउने गरी नीति, कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा जोड दिए। 

प्रदेशसभा सदस्य जीतप्रकाश आलेले आत्मनिर्भर प्रदेशका लागि उत्पादकत्व र रोजगारी वृद्धिको लक्ष्यलाई बजेटका सिद्धान्त र प्राथमिकतामा समेटिनु सकारात्मक पक्ष रहेको बताए। प्रदेश संरचनाको औचित्यबारे बेलाबेलामा प्रश्न उठ्ने गरेको भन्दै उनले त्यसलाई चिर्ने गरी प्रदेशसभा र प्रदेश सरकारले काम सम्पादन गर्नुपर्ने उनको भनाइ छ । 

प्रदेशसभा सदस्य लिलबहादुर थापाले राजनीतिक सङ्घीयता मात्र नभई प्रशासनिक र वित्तीय सङ्घीयतालाई पनि सुदृढ गर्नुपर्ने बताए। सङ्घीयताको सबलीकरणमा तीनै तहको समन्वय र सहकार्यमा उनले जोड दिए । प्रदेशसभा सदस्य सुशीला सिम्खडाले समाजमा गरिबी, बेरोजगारी र असमानता कायमै रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्ने गरी बजेट तथा कार्यक्रम ल्याउनुपर्ने बताए। 

प्रदेशसभा सदस्य पञ्चराम गुरुङले युवालाई नैतिक शिक्षा र उत्पादनसँग जोड्ने गरी बजेट निर्माण गर्नुपर्ने बताए। कृषि उत्पादनसँगै  बजारीकरणको सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा, रेशमबहादुर जुग्जाली, गणेशमान गुरुङलगायतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका थिए । 

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री शेरचनले प्रदेशसभा सदस्यहरूबाट उठेका सुझावलाई बजेट तथा कार्यक्रममा यथासम्भव समेट्ने प्रतिबद्धता जनाए। नीति, कार्यक्रम र बजेटमा सरकारका प्राथमिकताका विषय थप स्पष्ट रूपमा आउने उनले बताए। 

प्रदेश सरकारले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को लक्ष्य हासिल गर्ने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ । गरिबी निवारणमा टेवा पुर्‍याउने, नवप्रर्वतन, प्रविधिमैत्री र ‘स्टार्टअप’ आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिइने जनाइएको छ ।  

प्रदेशमा लगानी आकर्षित एवं प्रवद्र्धन गर्न सरोकारवालाको सहभागितामा लगानी नीति तर्जुमा गरी सार्वजनिक निजी साझेदारीका सम्भाव्य क्षेत्रको पहिचान, लगानी ढाँचाको निर्धारण र स्वीकृत परियोजनालाई प्राथमिकताका आधारमा कार्यान्वयनमा लगिने भएको छ । 

आन्तरिक स्रोत र प्राप्त हुने सङ्घीय राजस्व तथा अनुदानको यथार्थपरक अनुमान गरी सन्तुलित बजेट निर्माणमा जोड दिइएको छ । प्रदेश आयोजना बैङ्कको सुदृढीकरण गरी आयोजना बैंकमा समावेश गरिएका आयोजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइने जनाइएको छ । 

नवीनतम प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी तथा नागरिकमैत्री बनाउँदै सेवाको लागत र समयलाई कम गरी प्रभावकारी सेवा उपलब्ध गराउन एकीकृत र नमूना ‘स्याटेलाइट’ कार्यालयको स्थापना गर्ने लक्ष्य राखिएको छ । कृषि क्षेत्रको व्यावसायिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइएको छ ।  
 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ७ : ५३ बजे

अमेरिकाद्वारा ४० टन आपतकालीन राहत सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाको मानवीय संस्था सामरिटन्स पर्सले भोटेकोशी बाढीबाट प्रभावित

रसुवा बाढीमा बेपत्ताका आफन्त भन्छन्- खोजी तीव्र पार्नूस्, भेटिने आसमै छौँ

काठमाडौं– रसुवा बाढीका कारण बेपत्ता भएका नागरिकका आफन्तजनहरूले छिटो खोजी कार्य

संवैधानिक पदाधिकारीलाई २ वर्ष ‘कुलिङ अफ पिरियड’ प्रस्ताव

काठमाडौं– संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश पाएपछि दुई वर्षसम्म ‘कुलिङ अफ

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ