डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित « Khabarhub

विश्वकप फुटबल

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार जित निकालेको छ ।

शनिबार बिहान सम्पन्न समूहचरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरेका थिए । नर्वेका थेलो आसगार्डले एक गोल फर्काएका थिए ।

फ्रान्सका डेम्बेलेले खेलको सातौँ मिनेटमा पहिललो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि २१औँ मिनेटमा नर्वेका आसगार्डले गोल फर्काउँदै खेललाई २–१ गोलको स्थितिमा ल्याए ।

यसैगरी, ३२औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले गोल गर्दै फ्रान्सलाई ४–१ गोलको जित दिलाए ।

यो जितसँगै समूह चरणका तीनवटै खेलमा शतप्रतिशत जित निकाल्दै फ्रान्स ९ अंकसहित समूह विजेता बनेको छ । यस्तै, पराजित भएको नर्वे ६ अंकका साथ उपविजेता बन्यो ।

समूह चरणको तेस्रो खेल नखेल्दै यी दुई टोली नकआउट चरणमा पुगिसकेका थिए ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ५ : १५ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द