इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै « Khabarhub

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ ।

टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि ५–० गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।

यो जितसँगै अहिलेसम्म सम्पन्न खेलहरुमा तेस्रो स्थानमा रहने टोलीहरुको सूचीमा सेनोगल पाँचौँ स्थानमा उक्लिएको छ । तर नकआउट चरणमा सुरक्षित हुन उसलाई अन्य टोलीको खेलको नतिजा कुर्नुपर्नेछ ।

सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक–एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमै सेनेगलका हबिबले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी ४ गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५६औँ मिनेटमा इस्माइलाले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाए । यस्तै ५९औँ र ७१औँ मिनेटमा पापेले गोल गरेपछि ४–१ को अग्रता बनाएको सेनेगल ८२औँ मिनेटमा इलमानको गोलसँगै ५–० ले विजयी भयो ।

खेलको १३ औँ मिनेटमा रेबिन सुलाकाले रातो कार्ड खाएर १० जनामा सीमित भएको इराकले भने कुनै गोल गर्न सकेन ।

यो जितसँगै समूहका तीन खेलबाट ३ अंक जोडेको सेनेगल समूह आई को तेस्रो स्थानमा रहेको छ । तीनवटै खेलमा हार बेहोरेको इराक अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समूहबाट फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ५ : ५१ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द