इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै « Khabarhub

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ ।

टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि ५–० गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ ।

यो जितसँगै अहिलेसम्म सम्पन्न खेलहरुमा तेस्रो स्थानमा रहने टोलीहरुको सूचीमा सेनोगल पाँचौँ स्थानमा उक्लिएको छ । तर नकआउट चरणमा सुरक्षित हुन उसलाई अन्य टोलीको खेलको नतिजा कुर्नुपर्नेछ ।

सेनेगलका पापे गुएले दुई तथा हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक–एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमै सेनेगलका हबिबले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा सकिएको खेलमा बाँकी ४ गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५६औँ मिनेटमा इस्माइलाले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाए । यस्तै ५९औँ र ७१औँ मिनेटमा पापेले गोल गरेपछि ४–१ को अग्रता बनाएको सेनेगल ८२औँ मिनेटमा इलमानको गोलसँगै ५–० ले विजयी भयो ।

खेलको १३ औँ मिनेटमा रेबिन सुलाकाले रातो कार्ड खाएर १० जनामा सीमित भएको इराकले भने कुनै गोल गर्न सकेन ।

यो जितसँगै समूहका तीन खेलबाट ३ अंक जोडेको सेनेगल समूह आई को तेस्रो स्थानमा रहेको छ । तीनवटै खेलमा हार बेहोरेको इराक अंक विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समूहबाट फ्रान्स शतप्रतिशत जित निकाल्दै समूह विजेता र नर्वे ६ अंकसहित उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ५ : ५१ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान