उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा « Khabarhub

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आज बिहान मेक्सिकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो ।

स्पेनका लागि आलेक्स बाएनाले गोल गरेका थिए । उनले खेलको ४२औँ मिनेटमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।

स्पेनले समूह चरणका तीनमध्ये दुईमा जित र एकमा बराबरी खेल्दै ७ अंक जोडेको छ । यसअघि दुई खेलमा बराबरी खेलेको पाराग्वे दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : ५९ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा