पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश « Khabarhub

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

साउदी अरेबियासँग गोलरहित बराबरी


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा आज बिहान भएको समूह एच को अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै केप भर्डेले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

योसँगै केप भर्डेले समूह चरणका आफ्ना तीनवटै खेलमा बराबरी खेलेको छ । यसअघिको पहिलो खेलमा स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो ।

आजको बराबरीसँगै तीन खेलबाट ३ अंक जोडेको केप भर्डे समूह उपविजेता बनेको छ भने पराजित भएको साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : २३ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द