समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित « Khabarhub

विश्वकप फुटबल

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा न्युजिल्याण्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै बेल्जियम समूह जी को विजेता बनेको हो ।

बेल्जियमका लागि लिएन्ड्रो ट्रोसार्डले दुई, केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरेका थिए । न्युजिल्याण्डका इलाइजाह जस्तले एक गोल फर्काए ।

बेल्जियमका ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले अग्रतालाई दोब्बर बनाए ।

यस्तै, ६६औँ मिनेटमा डी ब्रुएनेले गोल गर्दै बेल्जियमलाई ३–० गोलको अग्रता दिलाए । ८४औँ मिनेटमा न्युजिल्याण्डका इलाइजा जस्टले गोल गर्दै खेललाई ३–१ गोलको स्थितिमा ल्याए ।

त्यसपछि बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ४–१ गोलले अघि बढाए । खेलको इन्जुरी समयमा एलेक्सिस साएलेमाकर्सले गरेको गोलसँगै बेल्जिएम ५–१ गोलले विजयी भयो ।

यो जितसँगै बेल्जियम ५ अंकका साथ विजेता र ५ अंक नै भएको इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ११ : १२ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम