समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित « Khabarhub

विश्वकप फुटबल

समूह ‘जी’ को विजेता बन्दै बेल्जियम नकआउट चरणमा, न्युजिल्याण्ड ५–१ गोलले पराजित


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप २०२६ मा समूह विजेता बन्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा न्युजिल्याण्डलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै बेल्जियम समूह जी को विजेता बनेको हो ।

बेल्जियमका लागि लिएन्ड्रो ट्रोसार्डले दुई, केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरेका थिए । न्युजिल्याण्डका इलाइजाह जस्तले एक गोल फर्काए ।

बेल्जियमका ट्रोसार्डले खेलको २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले अग्रतालाई दोब्बर बनाए ।

यस्तै, ६६औँ मिनेटमा डी ब्रुएनेले गोल गर्दै बेल्जियमलाई ३–० गोलको अग्रता दिलाए । ८४औँ मिनेटमा न्युजिल्याण्डका इलाइजा जस्टले गोल गर्दै खेललाई ३–१ गोलको स्थितिमा ल्याए ।

त्यसपछि बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई ४–१ गोलले अघि बढाए । खेलको इन्जुरी समयमा एलेक्सिस साएलेमाकर्सले गरेको गोलसँगै बेल्जिएम ५–१ गोलले विजयी भयो ।

यो जितसँगै बेल्जियम ५ अंकका साथ विजेता र ५ अंक नै भएको इजिप्ट उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ११ : १२ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा