कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन « Khabarhub

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र सङ्गठनात्मक अवस्था अझै कमजोर रहे पनि जनतामाझ पार्टीका एजेन्डा स्थापित भइसकेको बताएका छन्।

शनिबार काठमाडौं जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूले पार्टीको नेतृत्व सम्हालेयता राप्रपाको जनमत उल्लेखनीय रूपमा बढेको दाबी गरे।

उनले आगामी महाधिवेशनलाई पार्टी सुधार, सुदृढीकरण र पुनर्संरचनाको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरिने बताए। नयाँ सोच, प्रभावकारी कार्यशैली र स्पष्ट योजनाका साथ पार्टीलाई थप सशक्त बनाइने उनको भनाइ थियो।

अध्यक्ष लिङ्देनले राप्रपाले उठाउँदै आएको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई निरन्तर अघि बढाइने स्पष्ट गर्दै ती एजेन्डाप्रति जनसमर्थन बढ्दै गएको दाबी गरे।

कार्यकर्तालाई सङ्गठन विस्तार, जनसम्पर्क वृद्धि र पार्टीका एजेन्डा प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन सक्रिय हुन उनले आग्रह गरे।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ६ : ४० बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ