भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु « Khabarhub

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट प्रतियोगिता’ बिहीबारदेखि सुरु भएको छ।

असार १२ देखि १४ गते (जुन २६–२८) सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका खेलहरू किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा टी–२० ढाँचामा खेलाइँदै छन्।

प्रतियोगिताको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्र मन्त्रालयका सहसचिव गहेन्द्रराज भण्डारीले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त रूपमा गरेका थिए। उद्घाटन खेल भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयबीच सम्पन्न भएको थियो।

उद्घाटन समारोहमा सार्कका महासचिव, बेलायती तथा अष्ट्रेलियाली दूतावासका अधिकारीहरू, कूटनीतिक समुदायका प्रतिनिधि तथा काठमाडौंका क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा नेपालको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास, काठमाडौंस्थित कूटनीतिक समुदाय, नेपाली सञ्चारमाध्यम, पूर्व नेपाली क्रिकेट खेलाडी, नेपाल सरकारका अधिकारी, निजी क्षेत्रका संस्थाहरू तथा नेपालमा रहेका भारतीय समुदायसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

भारतीय दूतावासका अनुसार प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गरेको छ।

दूतावासले हरेक वर्ष आयोजना हुने यस प्रतियोगिताको उद्देश्य क्रिकेटमार्फत नेपाल र भारतबीचको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउनु, दुई देशबीचको मित्रता तथा आपसी सहकार्यलाई थप प्रगाढ बनाउनु रहेको जनाएको छ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : २५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका