सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन « Khabarhub

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

उनीहरूले माइतीघरदेखि बबरमहलसम्म र्‍याली निकाल्दै सरकारले पटक–पटक गरेका प्रतिबद्धता कार्यान्वयन गर्न तथा संविधान र कानूनबमोजिम दिगो, न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका हुन्।

प्रदर्शनकारीहरूले पुनःस्थापना गर्ने भए घर भत्काइएको स्थानमै वा कानूनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापन गर्नुपर्ने माग पनि राखेका छन्।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टर खाली गर्न पटक–पटक दबाब दिइँदा आफूहरू मानसिक तनावमा परेको बताए। उनले विभिन्न सरकारी निकाय र प्रहरीबाट २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न दबाब दिइएको आरोप लगाए।

उनले उचित पुनःस्थापनाको व्यवस्था नगरी सरकारले आफूहरूलाई सडकमा अलपत्र पार्न खोजेको भन्दै तत्काल स्थायी समाधान गर्न सरकारसँग माग गरे।

प्रदर्शनमा सहभागीहरूले ‘डोजर होइन, समाधान दे’, ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’ र ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसोबास गर्दै आएका परिवारहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : ४२ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले