सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन « Khabarhub

सुरक्षित पुनःस्थापनाको सुनिश्चितता माग्दै होल्डिङ सेन्टरका बासिन्दाको प्रदर्शन


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षित पुनःस्थापना, भू–स्वामित्वसहितको बास अधिकार र सम्मानजनक आवासको सुनिश्चितता नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

उनीहरूले माइतीघरदेखि बबरमहलसम्म र्‍याली निकाल्दै सरकारले पटक–पटक गरेका प्रतिबद्धता कार्यान्वयन गर्न तथा संविधान र कानूनबमोजिम दिगो, न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका हुन्।

प्रदर्शनकारीहरूले पुनःस्थापना गर्ने भए घर भत्काइएको स्थानमै वा कानूनबमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहित स्थायी व्यवस्थापन गर्नुपर्ने माग पनि राखेका छन्।

प्रदर्शनका क्रममा होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका तर्फबाट दल मर्दन कामीले होल्डिङ सेन्टर खाली गर्न पटक–पटक दबाब दिइँदा आफूहरू मानसिक तनावमा परेको बताए। उनले विभिन्न सरकारी निकाय र प्रहरीबाट २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न दबाब दिइएको आरोप लगाए।

उनले उचित पुनःस्थापनाको व्यवस्था नगरी सरकारले आफूहरूलाई सडकमा अलपत्र पार्न खोजेको भन्दै तत्काल स्थायी समाधान गर्न सरकारसँग माग गरे।

प्रदर्शनमा सहभागीहरूले ‘डोजर होइन, समाधान दे’, ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’ र ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ बसोबास गर्दै आएका परिवारहरू आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : ४२ बजे

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन