भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु « Khabarhub

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला तथा किशोरीहरूलाई अश्लील तथा आपत्तिजनक सन्देश पठाएको आरोप खेपिरहेका गायक सुजन चापागाईंले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् ।

उनले केही सन्देश आफूले नजिक ठानेका साथीहरूसँग आदानप्रदान गरेको स्वीकार गर्दै त्यसबाट सिर्जिएको परिस्थितिप्रति माफी मागेका छन् । तर सामाजिक सञ्जालमा सार्वजनिक भएका सबै सामग्री भने आफ्ना नभएको दाबी गरेका छन्।

हाल ब्याण्ड सुजन चापागाईं एन्ड दि इन्फिनिटीसँग सांगीतिक भ्रमणका क्रममा अस्ट्रेलियामा रहेका चापागाईंले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा सार्वजनिक भएका निजी सन्देशसँग सम्बन्धित विषयले आफूलाई अत्यन्त चिन्तित र दुःखी बनाएको बताएका छन् ।

चापागाईंले आफ्नो सामाजिक सञ्जाल आफूले मात्र सञ्चालन नगरेको उल्लेख गर्दै विभिन्न समयमा सामाजिक सञ्जाल म्यानेजरहरूले समेत खाता व्यवस्थापन गर्ने गरेको बताएका छन् ।

सोही क्रममा कतै दुरुपयोग भएको हुन सक्ने आफ्नो प्रारम्भिक अनुमान रहेको उनको दाबी छ। साथै, आफ्नो नाममा सञ्चालन भइरहेका धेरै फेक अकाउन्टहरूबाट समेत यस्ता गतिविधि भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

उनले यस्ता गतिविधिलाई अनैतिक र गैरजिम्मेवारपूर्ण भन्दै आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको जानकारी दिएका छन्। अस्ट्रेलियाको सांगीतिक भ्रमण सकिएलगत्तै नेपाल फर्केर कानुनी उपचारको प्रक्रिया अघि बढाउने पनि उनले बताएका छन्।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : २५ बजे

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान