बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह « Khabarhub

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको भन्दै सरोकारवालाले तत्काल प्रभावकारी कदम चाल्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी विज्ञहरूले बेलायत र आयरल्यान्डमा नेपाली विद्यार्थीको मृत्यु, बेघर हुने अवस्था, अध्ययनबाट बाहिरिनुपर्ने बाध्यता, लागूऔषध दुर्व्यसन, आर्थिक संकट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको बताएका हुन् ।

उपलब्ध तथ्यांकअनुसार सन् २०२५ मा बेलायत र आयरल्यान्डमा पाँचदेखि छ जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। यस वर्ष पनि कम्तीमा दुई जना नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् । सरोकारवालाले यी घटनाले नेपाली विद्यार्थीले भोगिरहेका गम्भीर चुनौतीलाई उजागर गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पश्चिम इङ्ग्ल्यान्ड विश्वविद्यालयका डा. पुष्ष पन्त र बेलायतस्थित नेपाली विद्यार्थी समाजहरूको साझा सञ्जालका प्रतिनिधि पवन कँडेलले धेरै विद्यार्थी पर्याप्त जानकारी र तयारीबिनै विदेश जाने तथा त्यहाँको आर्थिक, शैक्षिक र व्यक्तिगत चुनौतीबारे यथार्थ जानकारी नपाउने समस्या रहेको बताए ।

उनीहरूले नेपालमा रहेका शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्न, विदेश जानुअघि विद्यार्थी र अभिभावकलाई अनिवार्य तथा गुणस्तरीय परामर्श उपलब्ध गराउन र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि थप सुदृढ सहयोग तथा कल्याणकारी व्यवस्था विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरूको भनाइमा विद्यार्थी र उनीहरूका परिवारलाई बेलायतमा अध्ययन गर्दा आउने अवसरसँगै सम्भावित चुनौतीबारे पनि सही, सन्तुलित र यथार्थपरक जानकारी दिन आवश्यक छ, ताकि उनीहरूले सोचविचार गरेर निर्णय लिन सकून् ।

वक्ताहरूले बेघर हुने, अध्ययन छोड्नुपर्ने, लागूऔषध दुव्र्यसनमा फस्ने तथा विद्यार्थीको मृत्यु हुनेजस्ता समस्या बेलायतमा रहेका अन्य दक्षिण एसियाली मुलुकका विद्यार्थीको तुलनामा नेपाली विद्यार्थीमा बढी देखिएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

यस पहललाई संयुक्त सञ्जाल नामक गैरनाफामूलक संस्था, बेलायत–नेपाल द्विपक्षीय उच्च शिक्षा सहकार्य सञ्जाल, बेलायतमा रहेका नेपाली विद्यार्थीका लागि सञ्चालित सहायता सेवा तथा बेलायतस्थित नेपाली विद्यार्थी कल्याण परिषद्ले समर्थन गरेका छन् ।

सरोकारवालाले नेपाल र बेलायत सरकार, शैक्षिक संस्था, शैक्षिक परामर्शदाता तथा विद्यार्थी कल्याणसँग सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य भए मात्रै बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, कल्याण र समग्र शैक्षिक अनुभवमा सुधार ल्याउन सकिने बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : ४६ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष